गृहमन्त्री बादलले इयुका राजदूतसँग गरे यस्तो अपेक्षा

  पहिलोपेज

 328 पटक हेरिएको

काठमाडौँ, २८ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग युरोपियन संघ (ईयु)का राजदुत भिरोनिका कोडीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपालमा विपद् व्यवस्थापनको क्षेत्रमा युरोपियन संघको सहयोग र सहकार्यको विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले भूकम्प लगायत नेपालमा बिभिन्न समयमा भएका विपद्का घटनामा संघले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

विपद् व्यवस्थापनका लागि अवाश्यक सामाग्री र दक्ष जनशक्तिको अभाव रहेको भन्दै त्यस्तो सामाग्री र तालिम संघबाट सहयोगको आफूहरुले अपेक्षा गरेको गृहमन्त्री थापाले बताए ।

नेपाल विभिन्न किसिमका विपद्को जोखिममा रहेको विपद्को समयमा युवा, विद्यार्थी, नागरिक समाज, रेडक्रस लगायतका संघसंस्थालाई सहयोगमा काम गर्ने गरेको उनले बताए ।

भेटमा राजदुत कोडीले सीमित स्रोत र साधनका वावजुद नेपालले विपद् व्यवस्थापनमा खेलेको भूमिका सराहनीय रहेको बताए । उनले विपद व्यवस्थापनका लागि संघले नेपाललाई बिभिन्न किसिमका सहयोग गरिरहेको भन्दै थप सहयोग गर्न समेत आफूहरु तयार रहेको बताए ।

भेटमा नेपाल र युरोपियन संघ आवद्ध मुलुकहरुबीचको सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा समेत छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार