गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता

  पहिलोपेज

 643 पटक हेरिएको

काठमाडौँ, २७ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चीनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङ्बोबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो । गृहमन्त्री थापाले नेपाल र चीनको तिब्बतबीच परापूर्वकालदेखि नै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको बताए ।

गृहमन्त्री थापाले तिब्बतसँगको नाकामा अध्यागमन कार्यालय विस्तार तथा स्तरोन्नतिका कामलाई नेपालले प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सीमा व्यवस्थापनका विषयमा तिब्बतसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको बताए । भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे ।

भेटमा महानिर्देशक होङ्बोले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले नेपालका कानुन कार्यान्वयन गर्ने निकाय र तिब्बतका कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार