स्मार्ट विद्यालय बनाउन मन्त्री बिना मगरद्वारा १ लाख सहयोगको घोषणा

  पहिलोपेज

 1239 पटक हेरिएको

काठमाडौं, २७ मंसिर । खानेपानी मन्त्री बिना मगर आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा जुटेकी छन् । मन्त्री मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित सरस्वती माध्यमिक विद्यालयको सहयोगार्थ १ लाख १ हजार १ सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गरेकी छन् ।

सरस्वती माध्यमिक विद्यालयलाई सुविधासम्पन्न स्मार्ट विद्यालय बनाउने उद्देश्यले बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्यक्रमको उदघाटन गर्दै मन्त्री मगरले उक्त रकम विद्यालयको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेकी हुन् ।

मन्त्री मगरले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न थप सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाएकी छन् । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग जुटाउने प्रतिवद्धता उनले व्यक्त गरेकी छन् ।

विद्यालयका लागि आवश्यक पर्ने खानेपानीको आपूर्ति व्यवस्था मिलाउन समेत उनले रकम विनियोजन गर्ने प्रतिबद्धता जनाइन् । स्मार्ट विद्यालय तथा उच्च मावि सञ्चालन गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा मंसिर २७ गते बिहीबारदेखि शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । उक्त महोत्सव पुस ५ गतेसम्म चल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार