महिलाहरुलाई आत्मनिर्भर बनाउन मन्त्री बिना मगरले थालिन् यस्तो काम

  पहिलोपेज

 1124 पटक हेरिएको

काठमाडौं, २६ मंसिर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ को प्रगतिशील महिला समूहका महिला प्रतिनिधिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्यानिटेशन प्याड बनाउने तालिम सुरु भएको छ ।

महिलाहरु महिनावारी हुँदा प्रयोग हुने स्यानिटेशन प्याड बनाउने तालिम बुधबारबाट सुरु भएको हो । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा सञ्चालित ५ दिने तालिमको निरीक्षण नेकपाका प्रभावशाली नेता एवं सासद लेखराज भट्ट र खानेपानी मन्त्री बिना मगरले गरेका थिए ।

खानेपानी मन्त्री बिना मगरको पहलमा सुरु भएको यो तालिमका सहभागी महिलाहरुले उद्योगका लागि काम गर्नेछन् । केही दिनपछि उक्त प्याड बजारमा बिक्रीवितरण सुरु हुने बताइएको छ । पहिलो चरणमा २५ जना महिलाहरु तालिममा सहभागी भएका छन् ।

यसअघि कञ्चनपुरको बेलौरीमा प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामग्रीहरु उत्पादनसम्बन्धी तालिम सम्पन्न भएको थियो । खानेपानी मन्त्री बिना मगरकै पहलमा महिलाहरुलाई स्वरोजगार बनाउन कुखुराको चल्लाहरु वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार