इसाई धर्म प्रचारमा संलग्न भएको भन्दै सरकारको विरोधमा उत्रियो राजमो

  पहिलोपेज

 501 पटक हेरिएको

काठमाडौं, २६ मंसिर । यूनिभर्सल पिस फेडरेशनका तर्फबाट काठमाडौँमा आयोजित ‘एसिया प्यासिफिक समिट’को कार्यक्रम र त्यसमा सरकारको संलग्नताको विरोधमा राष्ट्रिय जनमोर्चा उत्रिएको छ । उक्त कार्यको कडा शव्दमा भत्र्सना गर्दै अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा इसाई धर्म प्रचारमा सरकारको संलग्नताको विरोधमा देशव्यापी विरोध र भण्डाफोर कार्यक्रम गर्ने जनाइएको छ ।

‘‘त्यो कार्यक्रमका सिलसिलामा राज्ययन्त्रलाई पूरै परिचालन गर्ने नीति सरकारले अपनाएकोले त्यसको गम्भीरता धेरै नै बढेर गएको छ’’, अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ, ‘‘त्यसकारण त्यस प्रकारको कार्यका विरुद्ध जनतामा व्यापक चेतना उठाउनुपर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मंसिर महिनाका बाँकी दिनहरूसहित पुसको पहिलो हप्तासम्म देशव्यापीरूपमा विरोध र भण्डाफोरका कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ ।’’

सबै जिल्लाहरूले त्यसका लागि कम से कम एक दिनको विरोध वा भण्डाफोरको कार्यक्रमको आयोजना गरिने जनाएको छ । ‘‘कुनै पनि व्यक्तिले कुनै धर्मलाई मान्ने वा नमान्ने उसको व्यक्तिगत स्वतन्त्रताको विषय हो । तैपनि उक्त संस्थाले नेपालमा साम्राज्यवादी उद्देश्य पूरा गर्नका लागि योजनावद्ध प्रकारले इसाई धर्मको प्रचार गर्ने उद्देश्य राखेर नै उक्त कार्यक्रमको आयोजना गरेको थियो र आउने दिनमा पनि त्यस प्रकारका गतिविधिहरू अरू बढेर जाने सम्भावना छ’’, विज्ञप्तिमा भनिएको छ, ‘‘त्यसैले राष्ट्रियरूपमा नै त्यो धार्मिक संस्था र त्यसको प्रचार कार्यहरूको विरोध गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीको उक्त कार्यक्रममा समर्थन र सहभागिता समेतका लागि हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार