प्रहरीले यसरी पक्राउ गर्यो गौदामचौरमा भएको जबर्जस्ती करणीका दुई अभियुक्त

  पहिलोपेज

 543 पटक हेरिएको

काठमाडौं, २६ मंसिर । ललितपुरको गोदामचौरमा भएको जबर्जस्ती करणीको मुद्दाका दुईजना अभियुक्तहरु प्रहरीले पक्राउ गर्न सफल भएको छ । यसअघि जिल्ला अदालतको आदेशबाट तारेखमा छुटेका उनीहरुलाई उच्च अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले घटनाका अभियुक्त गोदावरी नगरपालिका गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र २१ वर्षीय पवन कुँवरलाई बुधबार पौने २ बजे ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो । यसअघि गत वर्ष पुस २६ गते उनीहरुलाई जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएको थियो । तर उच्च अदालत पाटनले गत वर्षकै पुस २५ गते उनीहरुलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार