उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्वारा जानकीमन्दिरमा पूजाअर्चना

  निरंजन साह

 347 पटक हेरिएको

जनकपुरधाम, २६ मंसिर । जनकपुरमा रामजानकी विवाहोत्सवमा सहभागी हुन आएका मित्रराष्ट्र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । निजी विमानमार्फत उत्तर प्रदेशको राजधानी लखनऊबाट सोझै जनकपुर बिमानस्थलमा ओर्लिएका योगी त्यहाँबाट सिधैं जानकी मन्दिरमा पुगेका थिए ।

जानकी मन्दिरमा योगीले करिब २० मिनेट पूजा गरेका थिए । रामजानकी दर्शनपछि मुख्यमन्त्री योगी मधेश भवन प्रस्थान गरेका हुन् । दिवाभोजमा सहभागी भएपछि दिउँसो बाह्रबिघामा आयोजना हुने सभालाई मुख्यमन्त्री योगी र प्रदेश नम्बर नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विवाहोत्सव कार्यक्रममा सहभागी भएपछि योगी आजै साँझ करिब पौने ६ बजे उत्तर प्रदेशको राजधानी लखनऊ फर्कने कार्यक्रम रहेको छ । मुख्यमन्त्री योगीलाई विमानस्थलमा प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको नेतृत्वमा सभामुख, उपसभामुख तथा मन्त्रिपरिषदको सदस्यहरुले गाजाबाजासहित स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार