आइपुगे जनकपुरधाममा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ

  पहिलोपेज

 337 पटक हेरिएको

जनकपुरधाम, २६ मंसिर । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आइपुगेका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् ।

निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सिधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी लगायतले स्वागत गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार