न्यायका लागि दीप प्रज्वल

  नारायण भण्डारी

 625 पटक हेरिएको

तुलसीपुर ।
न्यायकाे माग गर्द दाङमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङले निर्मला पन्तको न्यायका साेमबार तुलसीराम दीप प्रज्वलन गरेकाे हाे । ७० अाैं अन्तरास्ट्रिय मानव अधिकार दिवसकाे अवसर पारेर न्यायकाे माग गर्दै दीप प्रज्वलन गरिएकाे प्रतिष्ठानका महासचिव शालिकराम वलीले जानकारि दिए ।

“समानता, न्याय र मानव मर्यादाका लागि जुटौ” भन्ने मुल नाराका साथ न्यायकाे माग गर्दै प्रतिष्ठानले विपि चाेकमा दीप प्रज्वलन गरेकाे हाे । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकि १३ बर्षिया वालिका निर्मला पन्तको न्यायका देशब्यापि दवाव मुलक कार्यक्रम भइरहेकाे समयमा मानव अधिकार प्रतिष्ठानले दीप प्रज्वलन गरेकाे हाे ।


कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा हुने अपराधिक गतिबिधिको अन्त्यका लागि कडा कानुन निर्माण गर्नुपर्ने बताएका थिए । उनिहरुले निर्मलाको हत्यामा संलग्नको पहिचान नहुँनु सरकारकाे कमजोरी भएकाे बताए ।

निर्मलाको घटनामा अपराधीलाई जोगाउनकै लागि सरकार मुकदर्शक बनेको भन्दै उनिहरुले घटनाका दोषीलाई पत्ता लगाएर प्रमाण मेट्नेलाई जेल हाल्नु पर्नेमा सरकारले उनीहरुकै संरक्षण गरेको दावी गरे ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङका सभापती मधुसुधन के.सी, महासचिव शालीकराम गौतम, कानुनी सल्लाहकार मोहन धिताल, कोषाध्यक्ष ध्रुव गौतम, तुलसीपुर नगर जेसिजका महासचिव नारायण भटराई, तुलसीपुर उपमहानगरपालिका सुचना अधिकृत झरेन्द्र खरेल, लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यबाहक सभापति मधुसुदन के सि, उच्च अदालत तुलसीपुर बारका पुर्व अध्यक्ष एवं प्रतिष्ठानका कानुनी सल्लाहकार मोहन प्रसाद धिताल, लायन्स क्लब अफ दाङका सचिव गणेश अधिकारी, राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरका सहायक प्राध्यापक टेकन प्रसाद कँडेल, तुलसीपुर उप महानगर पालिकाका सूचना अधिकृत झरेन्द्र खरेल, तुलसीपुर नगर जेसिजका महासचिव नारायण भट्टराई, प्रतिष्ठानका कोषाद्यक्ष ध्रुव गौतम, सह सचिव गोरख वली, सदस्यहरु निरज श्रेष्ठ, गिमानन्द डाँगी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण महासचिव सालिक राम ओली गरेको थिए । अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा जिल्लाका अन्य संघसंस्थाले पनि विभिन्न कार्यक्रम गरेका छन् । शान्ति समाज दाङ शाखाले पनि रिपोर्टस क्लबमा कार्यक्रम गरेकाे अध्यक्ष शरद रेग्मिले जानकारि दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार