आफैले पढेको विद्यालयमा पुगेर के भनिन् मन्त्री बिना मगरले ?

  पहिलोपेज

 1902 पटक हेरिएको

कञ्चनपुर, २४ मंसिर । खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजनाबद्ध कार्यक्रमहरु ल्याउनु पर्ने बताएकी छन् ।

पुनर्वास नगरपालिकामा अवस्थित श्री जनकल्याण उच्च माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्दै खानेपानी मन्त्री मगरले विभेदकारी शिक्षाको अन्त्य हुनुपर्ने बताएकी हुन् ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको बताउँदै मन्त्री मगरले गुणस्तरीय शिक्षाको माध्यमबाट नै राष्ट्र निर्माणको निम्ति दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

मन्त्री मगरले भनिन्, ‘‘अहिलेको शिक्षा नीतिलाई परिमार्जन गरेर अघि बढ्नुपर्ने चुनौती छ । विद्यार्थीको क्षमताअनुसारको पठनपाठनमा सुधार गर्नुपर्ने जरुरी छ । यसका लागि सरकार गम्भीर छ ।’’

आफूले अध्ययन गरेको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगेकी मन्त्री मगरले विद्यालयले भोग्नुपरेको विविध समस्याको समाधान गर्न आफू सधैं तत्पर रहेको बताइन् । विद्यालयको स्तरोन्नतिका निम्ति आफ्नो तर्फबाट पूरा सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार