विवाहित तर सुन्दरी हुनुहुन्छ ? खुल्यो ‘मिसेस व्यूटी क्वीन नेपाल २०१८’ को आवेदन

  पहिलोपेज

 829 पटक हेरिएको

काठमाडौं, २४ मंसिर । सुन्दरी हुनुहुन्छ ? सुन्दरी भएर पनि विवाह भइसकेकाले सुन्दरी प्रतियोगिताहरुमा सहभागी हुन पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस् । यदि तपाईं सुन्दरी हुनुहुन्छ भने विवाहित महिलाहरुका लागि ‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’को आवेदन खुलेको छ ।

मिस इकलेज, जुनियर स्कूल प्रिन्सेस, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस, मिस टिन कलेज, कलेज ह्यान्डसम नेपाल लगायतका कार्यक्रमहरुको निरन्तरतासँगै सिजन मिडिया प्रालिले गत वर्षदेखि आयोजना गर्दै आएको विवाहित महिलाहरुमा केन्दि«त ‘‘मिसेस व्यूटी क्वीन नेपाल २०१८’’को सिजन २ आयोजना गर्ने भएको छ । सिजन मिडियाले यो कार्यक्रम दोस्रोपटक आयोजना गर्न लागेको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास, सामाजिक तथा राजनीतिक ज्ञान सिपको आवश्यकताको महसुस गरी सोहीअनुरुप त्यसको उपयोगिताबारे मार्गनिर्देशन दिँदै समाज उपायोगी जिम्मेवार सशक्त महिलाको रुपमा अगाडि बढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम फेरि पनि गर्न लागिएको हो ।

विगत दश वर्षदेखि काठमाडौंमा रहेर विभिन्न सामाजिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो दोस्रो चरणको संस्करणको लागि उपत्यकाबाट र उपत्यका बाहिरबाट जम्मा ३० प्रतियोगी समावेश गराइने छ । उक्त प्रतियोगिताको लागि फारम पनि खुल्ला भइसकेको वन्तले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । नेपालभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्यनजर राखी पहिलो चरणको छनोट यही मंसिर २९ गते शनिवार सिडव्लु पार्टी प्यालेस कमलादीमा दिनको १ बजेबाट हुनेछ ।

उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, जुम्बा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकास, नेतृन्व विकास, वाक कला, क्याटवाक सम्बन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तैः माइती नेपाल बाल आश्रम, वृद्धाश्रम आदि गराइने छ । त्यस्तै, मिडिया भिजिट, कल्चरल भिजिट र हस्पीटालीटी सम्बन्धी जानकारी तथा तालिम प्रदान पनि गरिने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण प्रदान गर्नेछन् । नेपालका विभिन्न कलाकार, पत्रकार, मानवअधिकारकर्मी, समाजसेवी तथा विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रमका साथै आन्तरिक प्रतिभा तथा प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ ।

प्रतियोगिताका विजेताले ‘‘मिसेस व्यूटी क्वीन नेपाल २०१८’’को उपाधिसहित रु. १ लाख ८३ हजार बराबरको सुजुकी स्कुटर, लेटमिइनको तर्फबाट रु. ५० हजार बराबरको गिफ्ट भौचर र ५ दिने दुबई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः स्मार्ट मोबाइल फोन लेटमिइनको तर्फबाट रु. ३० हजार बराबरको गिफ्ट भौचर साथै विभिन्न उपहारहरु प्राप्त गर्ने छन् । साथै, ५ दिने दुबई भ्रमण प्याकेज र विभिन्न उपहारहरु पाउने छन् । यसबाहेक थर्ड रनरअप र फोर्थ रनरअप साथै अन्य विभिन्न १८ विधामा पनि विजेता छनौट गरिने छ ।

सम्पर्कः– ४२३८४०१
९८५१०४४८३५,९८०१०४४८३५

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार