यसरी हुन्छ जनप्रतिनिधिबाट सरकारी गाडी दुरुपयोग

  निरंजन साह

 928 पटक हेरिएको

जनकपुरधाम, २४ मंसिर । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा सरकारी गाडीको दुरुपयोग बढ्दो छ ।

वडाअध्यक्षहरुलाई गाउँपालिकाबाट कार्यालय प्रयोजनको लागि दिइएको मोटरसाइकल व्यापक दुरुपयोग भइरहेको छ । लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेजकुमार यादवले ज १ ब ६२४ नम्बरको सेतो नम्बर प्लेटको मोटरसाइकल आफ्नो निजी कार्यमा प्रयोग गर्ने गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालबाट टिकट लिएर विजयी भएका वडाध्यक्ष यादव लक्ष्मीनिया गाउँपालिका बनिगामा टोलबाट निर्वाचित भएका हुन् । केही महिना अगाडि यिनै यादवले आफ्नै छोरी चुनचुन कुमारी यादवलाई गैरकानुनी ढंगबाट सोही वडाको ज्ञानउदय अधारभूत विद्यालयमा गैरकानुनी ढंगबाट नियुक्त गरेका थिए । यादव विभिन्न गैरकानुनी कार्यहरु गरी विवादमा तानिदै पनि आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार