फेरि आए राजमो बागलुङको अध्यक्षमा अमर थापा

  पहिलोपेज

 556 पटक हेरिएको

काठमाडौं, २३ मंसिर । राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा पुनः अमर थापा चयन भएका छन् । गलकोटको हटियामा सम्पन्न राजमोको छैठौं जिल्ला सम्मेलनबाट अध्यक्षमा पुनः अमर थापा चयन भएका हुन् ।

जिल्ला सम्मेलनले २७ पूर्ण र ८ वैकल्पिक गरी ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल पोख्रेल, सह–सचिवमा डिलकुमारी पुन, कोषाध्यक्षमा डिलबहादुर दर्जी रहेका छन् । जिल्ला कार्यसमितिका सदस्यहरुमा खिमबिक्रम शाही, थम्मन घर्ती, दीपक थापा, कृष्ण पौडेल, थानेश्वर सुवेदी, दुर्गादेवी घर्ती, रुद्राकुमारी क्षेत्री, पनबहादुर बिक, लक्ष्मण पुन, विष्णु बस्नेत, नेत्र बुढाथोकी, तीर्थसिंह थापा, लोकनाथ शर्मा, हिराबहादुर थापा, कृष्णा पुन, ठाकुर शर्मा, धनबहादुर अदै, लिलादेवी शर्मा, डिलबहादुर श्रीस, पदम श्रेष्ठ, ओमबहादुर थापा र केशकुमारी बुढा रहेका छन् ।

वैकल्पिक जिल्ला सदस्यहरुमा योगेन्द्रराज पौडेल, खडकबहादुर बिक, प्रेम गौतम, ताराकुमारी पुन, कोपिला थापा, डिलकुमारी श्रीस, आशा रोका र पूर्णा चालिसे रहेका छन् । ९ सदस्यीय सल्लाहकारमा कृष्ण थापा, काजिगाउँले श्रेष्ठ, बेदीलाल सापकोटा, टंकबहादुर केसी, टीकाराम शर्मा, गौरीश्वर पाण्डे, अर्जुन खत्री, तमबहादुर घर्ती र अमर खत्री रहेका छन् । सम्मेलनले मित्रदत्त ढकालको संयोकत्वमा ५ सदस्यीय लेखा समिति पनि गठन गरेको छ । लेखा समितिमा पुष्कर सापकोटा, कृष्ण आचार्य, सुनमाया ढकाल र दुर्गा भण्डारी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार