सभामुख महरा गृहजिल्ला दाङमा व्यस्त, के के छन् भोलिका कार्यक्रम ?

  पहिलोपेज

 501 पटक हेरिएको

काठमाडौं, २० मंसिर । सभामुख कृष्णबहादुर महरा गृहजिल्ला दाङका विभिन्न कार्यक्रमहरुमा व्यस्त भएका छन् । हिजो दाङ आइपुगेका सभामुख महरा आज दिनभर विभिन्न कार्यक्रमहरुमा व्यस्त रहे ।

भोलि शुक्रवार पनि औपचारिक र अनौपचारिक कार्यक्रम र भेटघाटमा व्यस्त रहने कार्यक्रम छ । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार भोलि शुक्रबार बिहान ८ बजे नेपाल पत्रकार महासंघ दाङको सभाकक्षमा पत्रकार भेटघाट तथा दाङ शाखाका अध्यक्ष सविन प्रियाशनद्वारा लिखित ‘लक्कीचार्म’ उपन्यासको विमोचन कार्यक्रम राखिएको छ ।

त्यसैगरी घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको साधारणसभामा पनि सभामुख महराले प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । बिहान १० बजेदेखि शुरु हुने उक्त कार्यक्रम गुलरियास्थित पानी ट्यांकीको छेउँमा रहेको बताइएको छ । यसबाहेक अनौपचारिक भेटघाटहरु पनि हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार