सभामुख महरा गृहजिल्ला दाङमा, यस्ता छन् भोलिका कार्यक्रम

  पहिलोपेज

 1049 पटक हेरिएको

काठमाडौं, १९ मंसिर । सभामुख कृष्णबहादुर महरा गृहजिल्ला दाङमा पुगेका छन् । बुधवार काठमाडौंबाट तुलसीपुरको टरिगाउँ विमानस्थलमा उत्रिएका सभामुख महरा आफ्नो निर्वाचन क्षेत्र समेत रहेको दाङमा भोलि विभिन्न कार्यक्रमहरुमा सरिक हुनेछन् ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार भोलि मंसिर २० गते बिहान ९ बजे घोराही उपमहानगरपालिका वडा नं. १४ को कार्यालयमा सभामुखसँग अनौपचारिक भेटघाट कार्यक्रम राखिएको छ । त्यसपछि सभामुख महराले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत ५ नम्बर प्रदेशस्तरीय गोष्ठीमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय आयोजक रहेको उक्त कार्यक्रम साढे १० बजेदेखि घोराहीकै भिङ्ग्रेली भिलेजमा हुनेछ ।

त्यसपछि सभामुख महरा देउखुरी उपत्यकाको लमही नगरपालिका– ३ सुनडबरीमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनेछन् । दिउँसो १ बजेदेखि शुरु हुने नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था सुनडबरी देउखुरीको चौथो साधारणसभामा सभामुख महराले प्रमुख आतिथ्यता ग्रहण गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार