मुख्यमन्त्री राउत आफै विवाहपञ्चमीको अवसरमा बृहत सरसफाईमा निस्किए

  निरञ्जन साह

 436 पटक हेरिएको

जनकपुरधाम, १९ मंसिर । प्रदेश नम्बर दुईमा विवाहपञ्चमी महोत्सवको अवसर पारेर मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको नेतृत्वमा बुधबार जनकपुरधाममा बृहत सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा जनकपुरको बाह्रबिघा रंगभूमि मैदान, जानकी मन्दिर, राम मन्दिर, जनकचौक, रामानन्द चौक, पिराडी चौक, मधेशभवन लगायतको सरसफाई गरिएको छ ।

सरसफाईमा मुख्यमन्त्री राउतका साथै भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, स्वच्छता अभियानी एवं प्रदेश सभा सदस्य राम अशिष यादव, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरका उपप्रमुख रीता झा, मुख्यमन्त्री कार्यालयका सचिव लगायतको टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरु लगायतको टोली र विद्यार्थीहरुको विशेष सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार