छैठौं पृथ्वी राष्ट्रिय लोकदोहोरी अवार्डका उत्कृष्ट पाँच छनौट

  पहिलोपेज

 761 पटक हेरिएको

काठमाडौं १८ मङ्सिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंले पत्रकार समेलन गरी अवार्डको बारेमा छलफल गरेको छ । ‘‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन’’ मूल नारासहित समितिले ‘‘छैठौं पृथ्वी राष्ट्रिय लोकदोहोरी अवार्डका लागि उत्कृष्ट पाँच छनौट गरी पत्रकारहरुसँग छलफल गरेको हो ।

विगत ५ बर्षदेखि प्रत्येक वर्ष राष्ट्रिय लोक दोहोरी अवार्ड वितरण गरिन्छ । यस वर्ष यही मंसिर २९ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौले ‘‘छैठौ पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५’’ वितरण गर्दैछ ।

मंसिर १७ गते सोमवारका दिन विभिन्न मिडियाका पत्रकार समेलन गरी अवार्डको बारेमा छलफल गरिएको थियो । उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा भएको यस कार्यक्रममा केन्द्रीय महिला सचिव राधिका हमालको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा सुजन लम्साल, माधव थापा, प्रकाश सपुत, तिलक परियार, उत्तम सुवेदी लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

समितिले प्रत्येक वर्ष लोक सङ्गीततर्फका एक अब्बल एवम् सक्रिय एक पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । यो वर्ष पनि सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सम्मान गर्ने पत्रकारको छनोट कार्यको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितिले पाएको छ ।

छैठौं पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ मा जम्मा ३२ वटा विधामा अवार्ड वितरण गरिने अध्यक्ष पिएन सापकोटाले बताए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेकी केन्द्रीय महिला सचीव राधिका हमालले अवार्ड कार्यक्रम सफल बनाउन म्युजिक बैंक स्टुडियोको तर्फबाट रु. २५ हजार आर्थिक सहयोग गर्ने घोषणा पनि गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार