महिला हिंसाको कुरामा पत्रकार महिला नै अगाडि आउनुपर्ने

  शारदा केसी

 725 पटक हेरिएको

कपिलवस्तु, १७ मसिर । १०९औं अन्तराष्ट्रिय लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानअन्तर्गत प्रहरी र महिला सञ्चारकर्मीबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । १०९औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानअन्तर्गत आज ७ औ दिनको अवसर पारेर प्रहरी र महिला सञ्चारकर्मीबीच छलफल भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले कार्यक्रममा बोल्दै महिलाको समस्या महिलाले नै बुभ्mने भएकाले नेपाल प्रहरीको कार्यालयमा महिला सेलको व्यवस्ता गरिएको बताए । उनले महिला सेलको व्यवस्था भए पनि अझै यो कुरा वास्तविक पीडितसम्म नपुगेको हुनाले अब यो कुरा पत्रकार महिलाले पु¥याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक इन्दिरा गिरीले महिलाले घरपरिवारको चित्त बुझाएर काममा हिड्नुपर्ने अवस्था रहेको बताइन् । उनले अब महिला पत्रकारमाथि हुने हिंसालाई खुलेर प्रहरीसमक्ष भनेमा समस्याको समाधानमा प्रहरी लाग्ने बताइन् ।

अरुका समस्याको पहिचान गर्दै हिड्ने र आम नागरिक र सरोकारवालाहरुको बीचमा रहेर सधैंभरि पुलको काम गर्दै आइरहेका पत्रकार महिलाहरु पनि आफै हिंसामा परेका छन् । यस्तै कुरालाई दृष्टिगत गरी यस्तो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा सबै महिला पत्रकारहरुले आफूमा भएका हिंसाबारे खुलेर छलफल गरेका थिए । सनसाइन सामाजिक विकास संस्थाको सहयोग तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, रेडियो कपिलवस्तु, संघीय प्रेस फोरमको सहकार्य रहेको कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले गरेका थिए । सनसाइन सामाजिक विकास संस्थाका उपाध्यक्ष शान्ति शाहीको पनि त्यस अवसरमा उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका २० जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सोना खटिकले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार