अपाङ्गता अभिमुखीकरणमा ‘मलाई गणना गर, समावेश गर’’

  निरञ्जन साह

 545 पटक हेरिएको

जनकपुरधाम, १७ मंसिर । १७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा यहाँको पुरानो संस्था नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखाले र्याली तथा अभिमुखीकरण कार्यक्रम गरी मनाएको छ ।

‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ आरम्भ भएको अभिमुखी कार्यक्रममा अपांग पत्रकार मनिष साह, अपांग शिक्षक राधेश्याम साह, असमान नेपालका उमेश मण्डल, अपांग संघ धनुषाका सदस्य मैजुन दफाली, लालगढ अस्पतालका विनोद केसीे, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका क्षय कुष्ठ रोग अधिकृत रामगुलाम कर्ण, अपांग संघका उपसभापति आशाराम साह लगायतका वक्ताहरुले अपांगलाई दया होइन अधिकार दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

नेपाल अपांग संघ धनुषा जिल्ला अध्यक्ष शिवचन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रमका सहजीकरण कार्यालय प्रमुख शिवरत्न दासले गरेका थिए । अभिमुखी कार्यक्रमको आरम्भमा निस्केका पदयात्रामा अपांगदेखि सबलाङ्गसम्मका व्यक्तित्वहरु सहभागी भएका थिए । सो पदयात्राकोे नेतृत्व सभापति शिवचन्द्र साहले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार