सिटिजन्स बैंकको कार्ड बोक्नेलाई सिद्धि पोलि प्याथल्याबमा यस्तो सुविधा

  पहिलोपेज

 395 पटक हेरिएको

काठमाडौं, १७ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लीबजार चारखालस्थित सिद्धि पोलि प्याथल्याब प्रालिबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबको तर्फबाट डाइरेक्टर डा.विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा बिशेष छुट पाउने भएका छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब ३ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार