एनआईसी एशिया बैंकको सिईयोमा न्यौपाने नियुक्त

  पहिलोपेज

 511 पटक हेरिएको

काठमाडौं, १६ मंसिर । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइयो) मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् ।

आइतबार बसेको बैंकको बोर्ड बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

न्यौपाने ९ महिना अघि बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत थिए । न्यौपानेले बैंकलाई थप शक्तिशाली बनाउने विश्वास बैंकले गरेको छ ।

हाल २ सय ६८ वटा शाखा सञ्चाल रहेको बैंकका २ सय ८० वटा एटिएम छन् । ३८ वटा एक्सटेन्सन काउण्टर, १९ वटा शाखारहित बैंकिङ इकाइ छन् । बैंकसँग १६९ अर्ब निक्षेप छ भने ऋण लगानी १४४ अर्ब रुपैयाँ छ । बैंकको ग्राहक संख्या १३ लाख ५० हजार भन्दा बढी रहेको बैंकको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार