नयाँ युगको संज्ञा दिनु सरकारको लोकप्रियता ढाक्ने पातलो पछ्यौरी : शर्मा

  पहिलोपेज

 324 पटक हेरिएको

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सुरक्षा ऐन २०७४ लागु हुनु सुखद भए पनि त्यसलाई नयाँ युगको संज्ञा दिनु सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्ने पातलो पछ्यौरी भएको बताएका छन् । उनले त्यसको प्रचार शैली अनावश्यक र भड्किलो भएको पनि बताएका छन् ।

‘‘यसलाई नयाँ युगको संज्ञा दिनु सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै हो’’, प्रवक्ता शर्माको भनाई छ । ‘‘नयाँ युग शुरु भनेर कांग्रेसका पालामा संसदबाट पारित ऐन बोकेर भड्किलो तामझाम गर्ने तर नेपाली कांग्रेसको त्यही सरकारले स्पाइनल इन्जुरी भएर ह्वील चेयरमा बसेका, किड्नी, क्यान्सर र मुटु रोगका अशक्त विरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने निर्णय भने सरकारले खारेज गर्यो’’, उनले थपे ।

काग्रेस केन्द्रीय कार्यसमिति बैठकले खास धार्मिक आस्थामा आधारित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा भएको सम्मेलनमा सरकार समेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधनको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको ठहर गरेको बताए । ‘‘नेपाली कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधन र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ’’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार