तुलसीपुर उपमहानगरमा हर्न बजाउन नपाइने, अटेरी गरे १५ सयसम्म जरिवाना

  पहिलोपेज

 360 पटक हेरिएको

काठमाडौं, १५ मंसिर । तुलसीपुर उपमहानगरपालिकालाई शनिवारबाट हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । उपमहानगरपालिकाले ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गर्दै हर्न निषेध क्षेत्र घोषणा गरेको हो ।

ध्वनि प्रदूषणले आम जनजीवनमा असहजता ल्याएको भन्दै हर्न निषेध घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनले आवश्यकता बाहेक अन्य बेलामा हर्न बजाए ५ सयदेखि १५ सयसम्म जरिवाना समेत गरिने बताए । ‘जनतामा चेतनाको विकास हुनसक्यो भने यो घोषणा कार्यान्वयन हुनेछ’ पाण्डेले भने ।

नगरप्रमुख पाण्डेले सडक कब्जा गरेर निर्माण भएका संरचना तत्काल हटाउने बताउँदै बाटो फराकिलो बनाउनका लागि उपमहानगरले तत्काल काम अगाडि बढाउने समेत बताए । उपमहानगरपालिकाको बजार क्षेत्रभित्र पूर्वको कालाखोला, पश्चिममा दोघरे, उत्तरमा रक्षाचौर दक्षिणमा एयरपोर्टभित्रको क्षेत्रमा हर्न निषेध घोषणा गरिएको वडाध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए । कार्यक्रममा चालकहरुले ट्राफिक नियमको पालना गर्ने र हर्न नबजाउने प्रतिवद्धता समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार