टुभालुका सरकार प्रमुख इटालेलीलाई आफ्नो देश समुद्रमा भासिने डर

  पहिलोपेज

 421 पटक हेरिएको

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र टुभालुका सरकार प्रमुख (गभर्नर अफ जेनेरल) लावोका टाइना इटालेली ( ीबपयदब त्बभष्ब क्ष्तबभिष् ि०बीच हिजो बेलुकी होटल सोल्टीमा भेटवार्ता भएको छ ।

भेटमा जलवायु परिवर्तनले दुबै देशलाई पारेका असर र त्यसबाट जोगिनका लागि अपनाउनु पर्ने सजगताको विषयमा छलफल भएको छ । समुद्रको टापुको देश भएकोले जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्दै जाँदा देशकै अस्तित्व खतरामा परेको भन्दै इटालेलीले चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बढ्दो तापक्रमका कारण नेपालका हिमालमा हिउँ पग्लिने क्रम बढेको इटालेलीलाई अवगत गराएका थिए । “तपाईंहरु टापुको देशको हामी हिमालयन क्षेत्रको देशको । जलवायु परिवर्तनको नकारात्मक असर दुबै देशलाई उस्तै छ”, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भने, “समान समस्यामा हामीले समान धारणा बनाएर जानु पर्दछ । जलवायु परिवर्तनको असरबाट जोगिने उपाय खोज्नु पर्दछ ।”

इटालेलीले कुनै पनि देश सानो वा ठूलो जे भए पनि समानताका आधारमा अस्तित्वमा रहने संयुक्त राष्ट्रसंघको मान्यतालाई नेपालले आत्मसात गरेकोमा प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार