एचआइभी एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिइने : प्रम ओली

  पहिलोपेज

 436 पटक हेरिएको

काठमाण्डौ, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताएका छन् ।

३१ औं विश्व एड्स दिवसको अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले एचआइभी संक्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गराएका छन् । “नेपालमा एचआइभी संक्रमितहरुलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “सबै संक्रमितहरुमा यो सेवा पु¥याउन सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थाहरुलाई म आग्रह गर्दछु । सबै संक्रमितमरुले उपचार सेवा पाउनु पर्दछ ।”

एचआइभी एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकतामा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । दिगो विकासका लक्ष्यहरुले स्वस्थ्य मानव समाजको परिकल्पना गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुतगतिमा अघि बढाउनु पर्नेमा जोड पनि दिएका छन् । यस अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार