राप्रपालाई चाँडै विद्युतीय प्रणालीमा लैजाने तयारी

  पहिलोपेज

 452 पटक हेरिएको

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सूचना प्रविधि विभागका प्रमुख कमल थापाको अध्यक्षतामा सूचना प्रविधि विभागको बैठक सम्पन्न भएको छ । बैठकले सूचना प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले पार्टीका केन्द्रीय सदस्यहरुलाई ओरियन्टेसन दिने, पार्टीका सम्पूर्ण डकुमेण्टहरुलाई क्रमशः कम्प्यूटराइज्ड गर्दै विद्युतीय प्रणालीमा लैजाने निर्णय गरेको छ ।

पार्टीका गतिविधिहरुलाई जनसमक्ष पु¥याउने हेतुले विभागले मासिक पत्रिका समेत प्रकाशन गर्ने निर्णय समेत गरेको छ । राप्रपालाई युवामैत्री बनाउँदै स्मार्ट पार्टीको रुपमा लैजाने नीति अनुसार सूचना प्रविधि विभागले पार्टीका हरेक गतिविधि र महत्वपूर्ण कागजातहरुलाई विद्युतीय पद्धतिमा रुपान्तरण गर्ने कार्य तत्काल प्रारम्भ गरी आगामी वर्षमा सम्पूर्ण जानकारीहरु विद्युतीय प्रणालीमार्फत सार्वजनिक गर्ने तयारी गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बताए ।

बैठकमा पार्टीका महामन्त्री भास्कर भद्रा, सहायक कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदी समेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार