धारिलो हतियारबाट एकजनाको हत्या, संलग्नताको आशंकामा एक व्यक्ति पक्राउ

  पहिलोपेज

 550 पटक हेरिएको

काठमाडौं, १३ मंसिर । दाङ जिल्ल्लाको घोराही बसपार्कदेखि पश्चिमतर्फ बडहरामा धारिलो हतियार प्रहार गरी बिहीवार बेलुकी एक जनाको हत्या भएको छ । रोल्पाको माडी गाउँपालिका—६ कोर्चाबाङका ४६ बर्षीय नन्दबहादुर घर्ती मगरको हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट टाउको, छातीमा गम्भीर घाउ लागेका घर्ती मगरको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल मगर संघका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका घर्तीमगरले केही महिनादेखि माडी हार्डवेयर पसल समेत सञ्चालन गर्दै आएका थिए ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए । पक्राउ परेका ब्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । प्रहरीले हत्याको घटनामा संलग्न अन्यको खोजी कार्य तीब्र पारेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार