गृहमन्त्री बादलसँग उत्तर कोरियाली राजदूतको के भयो कुराकानी ?

  पहिलोपेज

 373 पटक हेरिएको

काठमाडौँ, १३ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको बताइएको छ ।

आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेका राजदूत हकलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।

राजदुत हकले आफनो कार्यकालमा नेपाल र उत्तर कोरियाबीच सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले धन्यवाद व्यक्त गरे ।

भेटमा राजदूत हकले आफ्नो नेपाल बसाई सुखद रहेको बताउँदै नेपाल र उत्तर कोरियाको सम्बन्धलाई थप उचाईमा पु¥याउनुपर्नेमा जोड दिए । उनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार