राप्रपा अध्यक्ष कमल थापाद्वारा दुई संगठनको अध्यक्ष मनोनित

  पहिलोपेज

 378 पटक हेरिएको

काठमाडौं, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईवटा संगठनहरुको अध्यक्ष मनोनित गरेका छन् । प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी उक्त कुराको जानकारी गराएका हुन् ।

विज्ञप्तिका अनुसार अध्यक्ष थापाले नेपाल प्राज्ञिक परिषद्को अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य प्रा.डा. जयन्तनाथ खनाललाई मनोनित गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातान्त्रिक तराई मधेश संगठनको अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य दिनेशकुमार साहलाई मनोनयन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार