राजमोले सञ्चालन गर्ने पुस र माघ महिनाभर साङ्गठानिक अभियान

  पहिलोपेज

 792 पटक हेरिएको

काठमाडौं, १२ मंसिर । राष्ट्रिय जनमोर्चा दाङले आगामी पुस र माघ महिनाभर दुई महिने साङ्गठानिक अभियान सञ्चालन गर्ने भएको छ । जिल्ला समिति दाङ देउखुरीको मंसिर १२ गते घोराहीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा बसेको बैठकले पार्टीले सञ्चालन गरेको घरदैलो तथा सदस्यता अभियानको समीक्षा गर्दै त्यो दौरानमा सदस्यता लिएका सबैलाइ संगठित गर्ने योजनाका साथ अभियान सञ्चालन गर्न थालेको हो । यो अभियान चलाउँदै बिगतमा सुरु गरेको भ्रष्टाचार बिरोधी तथा कर वृद्धि र संघीयताका विरुद्धका कार्यक्रम पनि जारी रहने जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

बैठकले संगठन सम्बन्धी विभिन्न योजना तर्जुमा गर्नुका साथै बुटवलमा पुस २७ र २८ गते हुने राष्ट्रिय परिषद बैठकको तयारी गर्ने निर्णय समेत गरेको छ । बैठकपछि जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्राकृतिक स्रोत साधनमाथिको दोहन रोक्दै निश्चित मापदण्ड बनाई प्राकृतिक स्रोतमाथि भएको कालोबजारी रोक्न जोडदार माग गरिएको छ ।

जिल्लाका मुख्य भागमा रहेका केही बाटा र पुलहरु समयमा बन्न नसक्दा जनताले सास्ती बेहोर्नु परेको र जिम्मेवार निकायले यसमा जवाफदेही र जिम्मेवारीबोध नगरेकोमा बैठकले ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार