विप्लव राजधानीमा गर्जिदा रोल्पामै पुगेर के भने उर्जामन्त्री पुनले ?

  पहिलोपेज

 2898 पटक हेरिएको

रोल्पा, ८ मंसिर । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले जनयुद्धले स्थापित गरेका मूल्य मान्यतालाई नयाँ संस्कारको रुपमा विकास गर्नुपर्ने बताएका छन् । जनयुद्धका समयमा आर्जित विभिन्न सम्पत्तिको संरक्षणमा सचेत नागरिकले पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री पुनले ऐतिहासिक राक्सेबाङ मेलाको पनि उत्तिकै महत्व रहेको बताए ।

रोल्पाको परिवर्तन गाउँपालिका– ४ पाछाबाङ राक्सेबाङमा लाग्ने भव्य मेलालाई शनिवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले जनमुक्ति सेना स्थापना दिवसको सन्दर्भ पारेर लगाइने मेलाको ऐतिहासिक महत्व रहेको बताए । मंसिर ८ गते नै तत्कालीन माओवादीले आफ्नो फौंजी दस्ताको रुपमा जनमुक्ति सेना नेपालको औपचारिक घोषणा गरेको थियो ।

मन्त्री पुनले युवापंक्तिले देश निर्माणका लागि श्रम खर्चिनुपर्ने बताउँदै विविधतापूर्ण संस्कार÷संस्कृति, खेलकुद, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा युवाहरुले अग्रसरता आवश्यक रहेको बताए । मन्त्री पुनले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न युवा शक्तिको बलियो साथ रहने विश्वास व्यक्त गरे ।

क्लवका अध्यक्ष केआर बुढामगरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेशसभा सदस्य दीपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश अध्यक्ष मौसम रोकामगरलगायतको मेलामा सहभागिता रहेको थियो । मेलामा पश्चिमी रोल्पाका साथै पूर्वी तथा पश्चिम रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट समेत मेला भर्न आउने चलन छ । क्लवले खुल्ला भलिबलसहित विभिन्न खेलकुदको समेत आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार