कुवेतमा शिल्पी संघ नेपालको अधिवेशन हुने : ‘दलित’ शव्दसँगै विमति

  पहिलोपेज

 810 पटक हेरिएको

कुवेत, ८ मंसिर । वैदेशिक रोजगारको लागि कुवेतमा रहेका नेपालीहरुको संस्था ‘शिल्पी संघ नेपाल कुवेत’ले अधिवेशन गर्ने भएको छ । यसअघि गोपाल गदाइलीको नेतृत्वमा उक्त संघ गठन भएको थियो ।

राज्यले दलितको सीमारेखा निर्धारण गरेर शिल्पी समुदायहरुलाई ‘दलित’का नाममा सीमित गर्दै उपेक्षा गर्न खोजेकोले त्यसको बिरुद्ध यो संगठन निर्माण भएको बताइएको छ । ‘दलित’ नाम नरुचाउनेहरु मात्र यो संगठनमा जोडिन सक्ने संघले जनाएको छ ।

संघको उद्देश्य भनेको आफूमाथि प्रयोग गरिएको ‘दलित’ शब्द खारेज गर्नु रहेको शिल्पी संघ नेपाल कुवेत गठन गर्नका लागि पहल गर्ने विकल्पले बताए । आगामी अधिवेशनमा भाग लिन चाहनेहरुले निम्त व्यक्तिहरुसँग सम्पर्क गर्न संयोजक गोपाल गदाइलीले अनुरोध गरेका छन् ।

सम्पर्क
गोपाल गदाइली– ९६६५४२५१००
दिपेश नेपाली– ९९८५१२०८६०
सबिन लाम्मगाछे– ९९५५३०२७५०
मुना गतराज– ९६६११९८४३०
राम नेपाली– ९९८१०३८९१०
करण गौतामे– ९६६०११९७६०
प्रसनता परियार– ९६६९६९३४६०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार