धान दाउने थ्रेसरको पङ्खामा अल्झिएर एक बालिकाको मृत्यु

  पहिलोपेज

 287 पटक हेरिएको

काठमाडौं, ८ मंसिर । धान दाउने थ्रेसरको पङ्खामा अल्झिएर दाङमा एक महिलाको मृत्यु भएको छ । हिजो बेलुकी तुलसीपुर उपमहानगरपालिका १६ मजगाउँकी विपना चौधरीको मृत्यु भएको हो ।

मगगाउँका सोमराज चौधरीको घर अगाडि लु २ त ५७२८ नम्बरको ट्याक्टरमा धान दाउन प्रयोग हुने थ्रेसर जोडी धान दाइरहेको समयमा ७ वर्षीया विपनाको कपडा थ्रेसरको पङ्खामा लटपटिएको थियो । प्रहरीका अनुसार गम्भीर घाइते भएकी विपनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि नेपालगञ्ज पठाइएको र त्यहाँबाट लखनौ पठाइएको थियो । लखनौतर्फ लैजाँदै गर्दा विपनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार