खानेपानी मन्त्री बिना मगर अचानक किन पुगिन् दोलखा ?

  पहिलोपेज

 2555 पटक हेरिएको

काठमाडौं, ८ मंसिर । खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य आवश्यकता भएको बताएकी छन् । रिनेजम नेपालले दोलखाले चरिकोटमा आयोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्न मन्त्री मगर दोलखा पुगेकी हुन् ।

समापन समारोहलाई सम्बोधन गर्दै समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प आत्मविश्वास र एकरुपकता सबैमा हुनुपर्ने पनि उनले बताइन् । सबै मिलेर मात्रै समृद्ध नेपालको सपना पूरा हुने बताउँदै मन्त्री मगरले दोलखा जिल्लाको पर्यटकीय सम्भावनालाई प्रबद्र्धन गर्नेतर्फ आफ्नो पूर्ण प्रतिबद्धता जनाइन् । हिमालको काखमा रहेको चरिकोटस्थित फुटबल मैदानको बिकास गर्न पनि आफू लागि पर्ने धारणा राखिन् ।

खानेपानीको सम्बन्धमा मन्त्री मगरले दोलखा जिल्लामा पर्ने तामाकोसीको पानी बैतेश्वर गाउँपालिकामा आपूर्ति गर्ने ब्यवस्था मिलाउन डिपिआरका लागि बजेट छुट्टाउने बताइन् । दोलखा जिल्लामा खानेपानीको समस्या समाधान गर्न केही योजना ल््याउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

मंसिर १ गतेदेखि सुरु भएको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे । फाइनल प्रतियोगितामा प्लान्निङ ब्वाइज युनियन पेप्सिकोला काठमाडौले दोलखा क्लबलाई हराएर जीत हासिल गरेको छ । युनियनले २ गोल गरेको थियो भने दोलखाले १ गोल गर्न मात्र सफल रह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार