गृहमन्त्री बादलले दिए मन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन

  पहिलोपेज

 309 पटक हेरिएको

काठमाडौँ, ६ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय अन्तर्गत विभिन्न निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा आज आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समीक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । गृहमन्त्री थापाले भने, ‘‘तपाईहरुलाई दिइएको जिम्मेवारी इमान्दारितापूर्वक, सक्रियतापूर्वक र सिर्जनशील ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईहरुको साथमा छ ।’’

गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएको र सोहीअनुरुप काम अघि बढिरहेको गृहमन्त्रीको भनाई छ । गृहमन्त्री थापाले भने, ‘‘समीक्षाबाट निस्किएको सबलता र कमजोरी आधारमा आफ्ना कामकारवाहीलाई थप परिस्कृत बनाउँदै लैजानुहोस् ।’’

कार्यक्रममा गृहसचिव पे्रमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोहीअनुरुप काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए । उनले मन्त्रालयको कामकारवाही सही बाटोमा रहेपनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा गृह अन्तर्गतका निकायहरुले हालसम्म गरेका कामकारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामूहिक छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार