डडेलधुरामा बस दुर्घटना, १६ जनाको मृत्यु, २७ घाइते, मृतकको संख्या बढ्नसक्ने

  पहिलोपेज

 520 पटक हेरिएको

काठमाडौं, ६ मंसिर । डडेलधुराबाट डोटी जाँदै गरेको स्कूल बस दुर्घटनाग्रस्त हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएको र मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

से १ च २९३ नम्बरको बस बिहीवार साँझ दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने रडुवा खोलामा दुर्घटनाग्रस्त भएको हो । डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रडुवा खोलामा आज साँझ स्कुल बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बर केसीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक केसीका अनुसार प्रहरी अहिले पनि घटनास्थलमै रहेको छ । प्रहरीले घाइतेहरुको उद्धार गरिरहेको छ । रात परिसकेकाले उद्धारमा कठिनाई भइरहेको उनले बताए । अमरगढी नगरपालिका– ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु उक्त बसमा चढेको बताइएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने प्रहरी नायब उपरीक्षक केसीले बताए । दुर्घटनामा २७ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ । बसमा ४० भन्दा बढी सवार रहेको बताइएको छ । उक्त बस डोटीको पीस जोन एकाडेमीको भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार