समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले किन दिइन् राजीनामा ?

  पहिलोपेज

 622 पटक हेरिएको

काठमाडौं, ५ मंसिर । संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । उपाध्यक्ष यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी हुन् ।

पार्टीको केन्द्रीय समिति बैठकले प्रदेश २ को संयोजक तथा इन्चार्जबाट पनि उनले राजीनामा दिएकी हुन् । मंसिर २ गतेदेखि काठमाडौंमा जारी फोरमको केन्द्रीय समिति बैठकमा यादवलाई पदबाट हटाउन पार्टी महासचिव रामसहाय यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रस्ताव ल्याएका थिए ।

उपाध्यक्ष यादवलाई हटाएर कोषाध्यक्ष विजय यादवलाई प्रदेश इन्चार्ज बनाउनु पर्ने उनीहरुको माग छ । पार्टीको निर्णय विपरीत उपाध्यक्ष यादवले गत असोज ३ गते संविधानविरुद्ध कालो दिवस मनाउने समूहको नेतृत्व गरेको भन्दै बैठकले उनलाई प्रदेश इन्चार्जबाट हटाउन खोजेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार