खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त

  पहिलोपेज

 431 पटक हेरिएको

काठमाडौं, ५ मंसिर । खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । केही साना तथा ठूला आयोजनाहरुलाई अघि बढाउने कार्यमा विभाग द्रूतगतिमा अघि बढ्ने उनले बताए ।

नवनियुक्त महानिर्देशक दास २०७१ फागुनदेखि विभागको उपमहानिर्देशक पदमा कार्यरत रहेका थिए । २०४७ सालमा जिल्ला खानेपानी कार्यालय सिरहाबाट जागिर सुरु गरेका दाससँग १४ वर्षसम्म विभिन्न जिल्लामा रहेका खानेपानी कार्यालयहरुमा इन्जिनियरको रुपमा कार्य गरेको अनुभव छ ।

महानिर्देशक दासले ८ वर्ष जति स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा सिनियर डिभिजनल इन्जिनियरको रुपमा कार्य गरेका थिए । त्यस्तै २०७० सालमा उनले खानेपानी मन्त्रालयअन्तर्गत सह लगानी खानेपानी आयोजना र मेलम्ची आयोजनामा समेत काम गरेका थिए ।

दासले अधिकारसम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना र चौथो ग्रामीण खानेपानी तथा सरसफाई आयोजनामा समेत ३ वर्ष काम गरेका थिए । त्यसैगरी ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा आयोजना निर्देशकका रुपमा ३ वर्ष काम गरेको अनुभव पनि उनीसँग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार