डीपीएलका प्रतियोगिता निर्देशकमा चुनिए विनोद दास

  पहिलोपेज

 1184 पटक हेरिएको

काठमाडौं, ४ मंसिर । धनगढी क्रिकेट एकेडेमीले आगामी माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म धनगढीमा हुने ‘रुस्लान धनगढी प्रिमियर लिग’को तेस्रो संस्करणका लागि विनोद दासलाई प्रतियोगिता निर्देशक नियुक्त गरेको छ ।

अध्यक्ष सुवास शाहीले प्रेस विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन् ।

‘‘प्रतियोगिताका लागि निवर्तमान राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा वर्तमान यू–१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दासलाई प्रतियोगिता निर्देशक ९त्यगचलबmभलत म्ष्चभअतयच० का रुपमा नियुक्त गरिएको सबैलाई जानकारी गराउन चाहन्छौं’’, अध्यक्ष शाहीको विज्ञपितमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘‘नेपाली क्रिकेटमा उहाँले हासिल गर्नुभएको अनुभवले तथा उहाँको निर्देशनमा प्रतियोगिताले थप उचाई लिने विश्वास लिएका छौं ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार