पाल्पामा जीप दुर्घटना : एकजनाको मृत्यु, ७ जना घाइते

  पहिलोपेज

 331 पटक हेरिएको

काठमाडौं, ३ मंसिर । पाल्पाको रिब्दिकोट गाउँपालिकाको ३ सिरुखर्कमा आज बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ की कमला परियारका १ वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।

बाग्लुङको बरेङ गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५०३५ नं.को जीप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । घाइतेहरुको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार