कांग्रेसले थपिदियो नेविसंघको दुई महिना म्याद, पौडेल पक्षधरको विरोध

  पहिलोपेज

 384 पटक हेरिएको

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको म्याद दुई महिना थपिदिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संघको विधान संशोधन गर्दै २ महिना म्याद थप गरेको हो ।

नेपाल विद्यार्थी संघको विधानमा २ वर्षे कार्यकाल रहने र महाधिवेशन हुन नसके ३ महिना समय थप्न सकिने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर ५ महिना समय थप्न सकिने बनाइएको छ ।

विधान संशोधन भएपछि अब नैनसिंह महरले नेतृत्व गरेको वर्तमान कार्यसमिति आगामी माघ २ सम्म कायम रहने छ । नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद २ महिना थप गरिए तापनि कार्यसमितिकै अधिकांश नेताहरु थपिएको २ महिनामा अधिवेशन गर्न नसक्ने निष्कर्षमा रहेका छन् ।

पौडेल पक्षधरको विरोध
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको म्याद २ महिना थप्ने निर्णयलाई नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले विरोध जनाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुनरसिंह केसी लगायतका नेताहरुले उक्त निर्णयको विरोध गरेका छन् । पौडेल पक्षधर नेताहरुको विरोधका बावजूद बहुमतका आधारमा निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार