आमाको सम्झनामा धेरै आमाबुवाहरुलाई बीरुभाइले दिए न्यानो कपडा

  पहिलोपेज

 452 पटक हेरिएको

काठमाडौं, २ मंसिर । नायक एवं तेक्वान्दो प्रशिक्षक वीरुभाइ बज्राचार्यको परिवारले आफ्नी आमाको सम्झनामा तेरौटेस्थित बृद्धाश्रम पुगेर ज्येष्ठ नागरिकहरुलाई न्यायो कपडा वितरण गरेको छ । आमा दिलमाया बज्राचार्यको निधन भएको ४५औं पुण्यतिथिमा उक्त परिवारले न्यानो कपडा वितरण गरेको हो ।

बृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यायो कपडा सल वितरण गरिएको थियो । बृद्धाश्रममा रहेका सबै ज्येष्ठ नागरिकलाई बज्राचार्यको परिवार, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाका पूर्वअध्यक्ष सुशील गौतमलगायतले सल हस्तान्तरण गरेका थिए । २००८ साल जेठ १० गते जन्मिएकी बज्राचार्यको ६७ बर्षको उमेरमा गत असोज १६ गते निधन भएको थियो ।

त्यस अवसरमा विशिष्ट अतिथि ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरी र छोरा वीरुभाइ बज्राचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष केएल पीडितले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार