निष्ट एलपीएलमा सरस्वती माबि गेटा र लिटिल बुद्ध विजयी

  पहिलोपेज

 538 पटक हेरिएको

काठमाडौं, २९ कार्तिक । धनगढीमा जारी तेस्रो निष्ट लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आजको खेलमा सरस्वती माबि गेटा कैलाली र लिटिल बुद्ध कञ्चनपुर विजयी भएका छन् । आजको पहिलो खेलमा सरस्वतीले भक्तपुर निस्टलाई ६ विकेटले पराजित गरेको छ ।

बिहीवार सम्पन्न पहिलो खेलमा भक्तपुर निस्टले जीतको लागि दिएको १ सय ७ रनको सामान्य लक्ष्य १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । सरस्वतीको जितमा कप्तान आयुब चन्दले अविजित ४१, अरुण महराले २४, हृदय बिठारीले १८ तथा आशीष पनेरुले अविजित १० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भक्तपुर निस्ट स्कुलले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन मात्र बनाउन सकेको थियो । खेलको म्यान अफ द म्याच सरस्वतीको आयुव चन्द भए । प्रतियोगितामा लगातार दोस्रो खेलमा पराजय भएपछि भक्तपुर निस्ट प्रतियोगिताबाट बाहिरिएको छ ।

दोश्रो खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले एबिसी आवासीय नेपालगन्जलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । लिटिल बुद्धका कप्तान तथा नेपाली अन्डर–१९ टोलीका सदस्य सन्दीप जोराले ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेपछि लिटिल बुद्धले एबिसी आवासीयलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले जितको लागि दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एबिसी आवासीय नेपालगन्ज १४ दशमलव ४ ओभरमा मात्र १ सय ५ रनमै समेटियो । एबिसी स्कुललाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ लिटिल बुद्धका हेमन्त कार्किले ४, रोचक ऐरले २, पारस क्षेत्री र कप्तान सन्दीप जोराले समान १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले सन्दीप जोरा र सुशील खड्काको अर्धशतकीय पारीको मद्दतले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रनको विशाल योगफल तयार पारेको थियो । कप्तान जोराले अविजित रहँदै ८३, खड्काले ४४ बलमा ५४ र कमल सिह ऐरीले अविजित १६ बलमा ३२ रन बनाए । लिटिल बुद्धको लागि ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान सन्दीप जोरा खेलको म्यान अफ द म्याच घोषणा भएका छ्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार