प्रचण्डले गरे म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण

  पहिलोपेज

 379 पटक हेरिएको

काठमाडौं, २७ कार्तिक । म्याग्दी पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आज म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गरेका छन् । आज बिहान अध्यक्षले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन गरेका थिए ।

अध्यक्ष प्रचण्डले कालीगण्डकीले कटान गरेको बेनी बजारको तटबन्धको पनि निरीक्षण गरे । त्यसैगरी ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको पनि निरीक्षण गरेका थिए ।

अध्यक्ष प्रचण्डले बिहान कालीगण्डकी कोरीडोरेको अवलोकन पनि गरेका थिए । म्याग्दीको सबैभन्दा ठूलो धार्मिक पर्यटकीय स्थल गलेश्वर धामको पनि उनले अवलोकन गरेका थिए ।

तातोपानी कुण्डमा स्नानका लागि अध्यक्ष प्रचण्ड बिहान ९ः३० बजे पुगेका थिए । जीवनसंगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुगेका हुन् । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्धि कमाएको तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने जनविश्वास छ ।

तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली भोलि साँझ राजधानी फर्कनेछ । राजधानी फर्कनुअघि भोलि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योगी, व्यवसायी र अन्त्यमा सञ्चारकर्मीहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार