उपराष्ट्रपति पुनमगरले दिए छठ पर्वमा यस्तो शुभकामना

  पहिलोपेज

 601 पटक हेरिएको

काठमाडौं, २६ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले छठ पर्वको अवसरमा शुभकामना दिएका छन् । छठ पर्वको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देशमार्फत छठ पर्वको शुभकामना दिएका हुन् ।

‘‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक पर्व छठ– २०७५ को पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’’, शुभकामना सन्देशमा भनिएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी भएको उल्लेख गर्दै सन्देशमा भनिएको छ, ‘‘हाम्रो विविधतायुक्त संस्कार संस्कृतिहरुले प्राकृतिकरुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ् गर्दै आएका छन् ।’’

पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्य उपसासना गरेर मनाइने छठ पर्वले नेपालीहरुका बीचमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्नेमा आफू विश्वस्त रहेको सन्देशमा उल्लेख छ । यो पवित्र पर्वले समृद्ध नेपाल निर्माणको अभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना पनि शुभकामना सन्देशमा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार