सुजितालाई ‘‘ओपल–पहिलोपेज दशैं विशेष प्रतियोगिता’’को प्रथम पुरस्कार

  पहिलोपेज

 912 पटक हेरिएको

काठमाडौं, २६ कार्तिक । पहिलोपेज डटकमले सञ्चालन गरेको ‘ओपल–पहिलोपेज दशैं विशेष फोटो प्रतियोगिता– २०७५’को प्रथम पुरस्कार घोराही उपमहानगरपालिका– १५ की सुजिता शाक्यले जितेकी छन् । विजेता शाक्यलाई पहिलोपेज डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले आज हस्तान्तरण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ दाड शाखामा विजेता शाक्यलाई प्रथम पुरस्कारवापत रु. ८ हजार मूल्यको ओपल टर्बो प्लस मोबाइल हस्तान्तरण गरिएको हो । पहिलोपेज डटकमले विजयादशमीको अवसरमा फोटो प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा जम्मा १ सय ५४ जना सहभागी भएकोमो सर्वाधिक शेयर र लाइक भएको दाङकी शाक्यको फोटोलाई पहिलो घोषित गरिएको थियो । प्रतियोगितामा कपिलवस्तुकी समिता हमाल दोस्रो र कञ्चनपुरकी रोज शिलाधर तेस्रो भएकी थिइन् । पहिलो पुरस्कार विजेतालाई ‘ओपल मल्टिनेशनल प्रालि’ले ओपल टर्बो प्लस मोबाइल प्रदान गरेको थियो । विजेताहरु सबैलाई पहिलोपेज डटकमको बधाई !!!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार