मन्त्रिपरिषद्का निर्णयहरु तत्काल सार्वजनिक नगर्ने निर्णय, सूचना प्रवाहमा थप कडाई

  पहिलोपेज

 605 पटक हेरिएको

काठमाडौं, २५ कार्तिक । सरकारले मन्त्रीपरिषद्को निर्णयहरु तत्काल सार्वजनिक नगर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा बसेको मन्त्रीपरिषद् बैठकले बैठकले त्यस्तो निर्णय गरेको हो ।

अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् । यसअघि विशेष अवस्था बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रीपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो ।

सरकारको यो पछिल्लो निर्णयले सूचना प्रवाहमा थप कडाई गरिएको अनुभूति गर्न थालिएको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले आफ्नो फेसबुक स्टाटसमा सरकारको पछिल्लो कदमलाई लक्ष्यित गर्दै लेखेका छन्, ‘‘सूचना प्रवाहमा थप कडाई !!!’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार