रेखाको मालिकालाई प्रशंसा गर्नेमा थपियो संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष

  पहिलोपेज

 909 पटक हेरिएको

काठमाडौँ, १९ कार्तिक । यो समयकी सर्वाधिक बलशाली र चर्चित नायिका रेखा थापा निर्देशित चलचित्र ‘मालिका’ यतिबेला दर्शकमाझ छ र सर्वत्र अपार माया र प्रशंसा बटुलिरहेको छ । यही लहरमा मिसिएको छ, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) पनि ।

राजधानी र मोफसलका सबै ठाउँहरुमा चर्चा र प्रशंसा चुलिइरहँदा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)ले पनि प्रशंसा गरेको छ । समाजमा व्याप्त दाइजो प्रथा, छोरीमाथि गरिने विभेदपूर्ण व्यवहार, सामाजिक कुसँस्कार, बालविवाह, सामाजिक असुरक्षाको विरुद्धमा हस्तक्षेपकारी र सशक्त प्रस्तुति रहेको ‘मालिका’ले छोडेको प्रभावकारिता र गहनतालाई प्रशंसा गरिएको हो ।

महिलाहरुलाई सपना देख्न र सशक्त बन्न सिकाउने चलचित्र ‘मालिका’ निर्माण गरेको भन्दै युएनएफपिएले नायिका तथा निर्देशक थापाको प्रशंसा गरेको हो । रेखाले निर्देशन र अभिनय गरिएको मालिकाले लैंङ्गिक न्याय र समानताका लागि आवाज उठाएको बताएको छ । युएनएफपिएले सोमबार ट्वीट गर्दै नायिका थापाको प्रशंसा गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार