उपराष्ट्रपतिद्वारा पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त, राष्ट्रलाई अपुरणीय क्षति

  पहिलोपेज

 950 पटक हेरिएको

काठमाडौं, १८ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सोमबार दिउँसो निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार साँझ कपुरधारास्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व. तुलाधरको पार्थिव शरीरमाथि श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरेका छन् । ‘मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ । आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवम् वरिष्ठ मानवअधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्तिप्रक्रियाको पहलकर्ता आदरणीय पद्यरत्नज्यूको निधनले म स्तब्ध भएको छु’, उपराष्ट्रपतिले परिवारजनसँग भने, ‘साधारण जीवनशैली अपनाउनु भएका एक असाधारण व्यक्तित्व आदरणीय पद्यरत्नज्यूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको बताए । ‘पद्यरत्नज्यूको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । नेपालको परिवर्तनकारी आन्दोलन, विशेषगरी पञ्चायतविरुद्धको संघर्ष, २०६२÷६३ को जनआन्दोलन र नेपालको शान्तिप्रक्रियाका लागि उहाँले पु¥याउनु भएको योगदान सगरमाथा जस्तो उच्च छ’, उनले भने, ‘नेपालको राजनीतिक, सामाजिक, साँस्कृतिक र भाषिक आन्दोलनमा पद्यरत्नज्यूले पु¥याउनु भएको योगदानको म उच्च सम्मान गर्दछु ।’

उपराष्ट्रपतिले पद्मरत्न तुलाधरको भौतिक रुपमा निधन भए पनि सदा सदाका लागि बाँचिरहने बताए । ‘मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ ऊ अमर रहन्छ’, उनले भने, ‘पद्यरत्नज्यू भौतिक रुपमा त हामीबाट विदा हुनु भयो तर राष्ट्रका लागि उच्च योगदान दिएर विदा हुनु भएकोले उहाँ सदा सदाका लागि बाँचिरहनु हुनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार