सभामुख महराले भेटे नर्भिक पुगेर तुलाधरलाई

  पहिलोपेज

 581 पटक हेरिएको

काठमाडौं, १४ कार्तिक । सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बुधबार बिहान नर्भिक अस्पताल पुगी सभामुख महराले तुलाधरको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका छन् । अस्पताल पुगेका सभामुख महरालाई तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा डाक्टरहरुले जानकारी गराएका थिए । सो अवसरमा सभामुख महराले अस्पताल तथा डाक्टरहरुलाई तुलाधरको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै तुलाधरको स्वास्थ्यलाभको कामना गरेका थिए ।

अन्नपूर्ण न्यूरो अस्पतालबाट हिजो बेलुकी रिफर गरेर तुलाधरलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको हो । नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टीमले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार